११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवक पक्राउ

Pakkrau

धनुषा । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  गएको फागुन २ गते बिहान धनुषाको मिथिला नगरपालिका(३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो ।

बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका(४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । फागुन १ गते राति बालिका दुतिया, मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलका ईन्द्रथापा मगरकी छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिइन् । बिहेभोजमा नाचगान सकिएर सबैजना घरतिर गइसकेका थिए ।  

मामाघरमै भोजमा सहभागी भएका निरज भने मदिरा, तथा लागु पदार्थ सेवन गरी नसामा थिए । उनले नजिकैको पसलबाट चाउचाउ, फ्रुटी  किनेर ल्याए र दुतियालाई दिए ।

कोही नभएको मौका पारेर  दुतियालाई फकाइ घर नजिकैको उखुबारीमा लगेर उनले दुतियालाई बलात्कार गरेपछि अनि आफ्नो पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि उनले प्रमाण नष्ट गर्न खेतमा रहेको उखुको पात बालिकाको जिउमा राखेर जलाएको तथ्य अनुसन्धानबाट पत्ता लागेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

प्रतिकृया दिनुहोस