लोकतन्त्रको विश्वव्यापी मान्यतालाई कार्यान्वयन गर्नुपर्ने

Manab talim

काठमाडौं । मानव अधिकारीकर्मीहरुले लोकतन्त्रको विश्वव्यापी मान्यतालाई नेपालले व्यवाहारिक रुपमा कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

युवाहरुको क्षमता विकास गर्ने उदेश्यले भिएसओ र साडेड नेपालसँगको सहकार्य र युथ एड्भोकेसी नेपालले आयोजना गरेको युथ डेमोक्रेसी क्याम्प समापन कार्यक्रममा मानव अधिकारकर्मीहरुले नेपाली लोकतन्त्रमा देखिएको चुनौतीलाई सम्वोधन गर्न युवाहरुले आफ्नो सोचलाई फराकिलो बनाउँदै राजनीतिमा शसक्त हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।

प्राध्यापक कृष्णप्रसाद खनाल, डा.उद्व प्याकुरेल, राजनीतिक विश्लेषक केशव दाहाल लगायतले प्रतिनिधिमुलक लोकतन्त्र र समाजवादी लोकतन्त्रले नेपाली जनताका चाहानालाई सम्वोधन गर्न नसक्ने भएकाले नेपालले सहभागिता मुलक लोकतन्त्रको अवलम्वन गर्नुपर्ने बताए ।

३ दिनसम्म सञ्चालन गरिएको क्याम्पमा २५ जना युवाहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस