डीभी परेपछि दूतावासमा नक्कली सर्टिफिकेट बुझाउँदा.....

Amerika  rajjjj

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुलीको अमेरिका जान डाइभर्सिटी भिसा (डीभी) परेपछि खुशीको सीमा थिएन । उनले नतिजा प्राप्त हुनसाथ कानुनी प्रक्रिया अघि बढाए ।

त्यसक्रममा एउटा समस्या आइपर्याे, अमेरिका जान कक्षा १२ को शैक्षिक प्रमाण पत्र चाहिन्थ्यो । जुन पराजुलीसँग थिएन ।

अमेरिका जाने लोभमा उनले नक्कली प्रमाण पत्र बनाए, र काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरे ।

दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको सर्टिफिकेट शंकास्पद देखियो । त्यसपछि उनीहरुले प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिए ।

उजुरीपछि अनुसन्धान थालेको प्रहरीले मंगलबार महाराजगञ्जबाट पराजुलीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाल उनी महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस