फ्युज हाल्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

Mirtu

बैतडी । आज बिहान करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन नगरपालिका-६ का ५५ वर्षिय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिएका छन् ।

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युत गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस