कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

Mirtu 1

चितवन । भरतपुर महानगरपालिका-२३ मा सोमबार राति कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ कृष्णचोकका ७५ वर्षिय जीतबहादुर सार्की रहेका छन् ।

जगतपुरबाट भरतपुर आउँदै गरेको बा १५ च ४९२६ नं.को कारले पैदलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस