१ महिनामै ७ सय २२ मुद्दा दर्ता, बैंकिङ कसुरसम्बन्धी उजुरी धेरै

Mahanagariya prahari

काठमाडौं । महानगरीय प्रहरी परिषर काठमाडौँमा एक महिनामै ७ सय २२ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको ६ महिना यता सबैभन्दा बढी पुस र माघ महिनामा दर्ता भएका छन् ।

गत महिना सबैभन्दा बढी बैंकिङ कसुर मात्रै २ सय ९ वटा दर्ता भएको महानगरीय प्रहरी परिषर काठमाडौंको तथ्याङकले देखाएको छ । पुस र माघ महिनामा बैंकिङ कसुरसम्बन्धी उजुरी आएको महानगरीय प्रहरी परिषरका प्रहरी नायब उपरिक्षक मोहनकुमार थापाले बताए ।

उनका अनुसार लागु औषध, जबरजस्ती करणी र चोरी डाकासम्बन्धी कसु्रका मुद्दामा पनि कमी आएको छैन । लागु औषधमा ५३, जबरजस्ती करणीमा २३, चोरीमा ४७ र सार्वजनिक कसुरअन्तर्गत १ सय ७८ मुद्दा दर्ता भएको उनले बताए । थापाले भने, ‘अपराध नियन्त्रणका लागी उजुरी दिन आउने व्यक्तिहरु पीडित हुनु अघि नै सर्तक र सचेत हुनुपर्ने देखिन्छ, तबमात्र मुद्दा दर्तामा कमी आउने छ ।’

गत महिना ३६ वटा शीर्षकको कसुरमा दर्ता भएका ७ सय २२ मुद्दामा प्रहरीले कानुनी कारवाहप्का लागि न्यायिक निकायलाई सहयोग गर्देै आएको र किनारा लाग्न नसकेका मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । मानव बेचबिखन, लिखत कसुर र सार्वजनिक कसुरको मुद्दा दर्तामा अरु महिनाको भन्दा गत महिनामा कमी आएको तथ्याङकले देखाएको छ ।

प्रतिकृया दिनुहोस