सल्यानमा अझै खलो प्रथा कायमै

Khalo mbmzamfsw5

सल्यान । सल्यानमा अझै खलोप्रथा कायमै रहेको छ । २०६७ साल असोज २१ गते सरकारले देश खलिया प्रथा अन्त्य भएको घोषणा गरेपनि प्रथा कायमै रहेको छ । गाउँमा उत्पादित औजारले बजार नपाउने र काम गरे बापत स्थानीयले ज्याला नदिने गरेकाले खलोप्रथा कायमै रहेको हो ।

हँसिया,हथौडा,खुकुरी,खुर्पा, कोदालो लगायतका फलामका सामग्री निर्माण र मर्मत तथा कपडा सिलाए बापत उनीहरूले वार्षिक रूपमा अन्न पाउँदै आएका छन् । बन्गाड कुण्डिे गरपालिकाका भद्र बहादुर कामीले परापुर्व कालदेखि चलिरहेको खलो प्रथामा आरन पेशा सञ्चालन गर्दै आएका छन् । तर यस पेशाबाट आफुले सोचे जस्तो ज्याला नपाएको उनले बताए ।

आफुले बनाएका हँसिया, हथौडा, खुकुरी, खुर्पा आदीले बजार नपाउदाँ खलो उठाउने गरेको उनले बताए । जिल्लामा करिब ४१ हजार दलित रहेका छन् । त्यसमध्ये करिब १० प्रतिशतले खलो प्रथामा परम्परागत पेसा अँगालि रहेका छन् । बनगाड कुपिण्डे ४ च्युराका खिमलाल दमाईले काम अनुसार दैनिक ज्याला दिए खलोप्रथामा निर्भर बन्नुनपर्ने बताए । पुख्र्यौली पेसा जीविको पार्जन मात्र नभई आय आर्जनको राम्रो आधार बन्न सक्ने भएकाले आवश्यक तालिम र मेसिनमा सरकारी निकायको सहयोग आबश्यक रहेको उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस