भारतबाट उद्धार गरिएका १९७ जना नेपालीलाई स्वदेश ल्याईदै

555556497749vbvcxvxf

काठमाडौं । भारतबाट उद्धार गरीएका १९७ जना नेपालीलाई स्वदेश ल्याइने भएको छ ।

काकडभिट्टाको पानीट्यांकी नाका हुँदै उनीहरुलाई नेपाल प्रवेश गराइने भएको हो ।

नेपाल फर्काइनेमा १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् । भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार भएका उनीहरुलाई नेपाल र भारत सरकारको संयुक्त पहलमा नेपाल फर्काउने तयारी गरिएको हो।

दुई साता अगाडि माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा उद्धार कार्यको थालनी भएको थियो ।

संस्थाले दिल्ली महिला आयोगलाई दिएको सुचनाको आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो ।

त्यसपछि तिनै महिलाले अरु धेरै संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको खुलासा गरेका थिए । दिल्लीबाट उद्धार गरिएका ती महिला माघ २५ गते काठमाडौं आइसकेका छन् ।

यसपछि पनि आफ्नो रेस्क्यु अपरेसनलाई जारी राखेको भारतिय प्रहरीले मणिपुर शहरका छुट्टा छुट्टै ठाउँबाट यति ठूलो संख्यामा नेपालीको उद्धार गरेको यो पहिलो पटक हो ।

म्यानमारसँगको सिमावर्ति क्षेत्रमा पर्ने मणिपुरबाट इराक, दुबईलगायतका देशमा मानव तस्करी हुँदै आएको पाइएपछि भारतिय प्रहरीले उद्धार कार्य शुरु गरेको हो । यी घटनामा एक जना महिलासहित ९ जना आरोपी पनि पक्राउ परेका छन् ।

माइती नेपालले भारतस्थित नेपाली दुतावास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्नय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुख निवारण समिति जस्ता संस्थाहरुलाई पत्राचार र प्रत्यक्ष समन्वय गर्दै मणिपुरबाट उद्धार गरिएका ब्यक्तिहरुलाई नेपाल फर्काउन सफल भएको माइती नेपालका उप निर्देशक अच्युत नेपालले बताए ।

मानव तस्करीको यस प्रकारको भयाभह घटनामा सम्लग्न गिरोहहरुलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरी पिडितलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्न संस्थाले सरकारसँग माग गरेको छ ।

स्वदेश फिर्ती पछि ती ब्यक्तिहरुलाई पुनस्र्थापना गृहबाट पुनस्र्थापना र पारिवारिक पुनर्मिलनका सेवाहरु प्रदान गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

पुनस्र्थापना कार्य भित्र स्वास्थ्य सेवा, कानुनी परामर्श, सिपमुलक तालिम र रोजागरको ब्यवस्था समेत गरिने भएको छ।

प्रतिकृया दिनुहोस