गोरु काटेर मासु बिक्री गरेको आरोपमा बाबु-छोरा पक्राउ

Pakrau 12

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकामा गोरु काटेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका–७ को बाँगे बजारमा सोमबार गोरु काटिरहेको आरोपमा बाबु–छोरालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

धनबहादुर तामाङ र उनका छोरा गोपालले आफ्नै घरमा गोरु काटेर मासु बिक्री गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बिक्री गर्न लागेको भनिएको ६० केजी गोरुको मासु पनि बरामद गरेको जनाएको छ । साथै बाबु–छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताएका छन् ।

उनीहरुबाट बरामद भएको गोरुको मासु ल्याव टेस्टका लागि फठाइएकाले रिपोर्ट आएपछि मुद्दा दर्ता गरी कानुनी कारवाही अगाडि बढाइने अधिकारीको भनाइ छ ।

यसअघि धरानमा गोरु काटेको आरोपमा ६ जना पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस