पहिलो पटक ७ हजार मिटर अग्लो चुचुरोसम्म पुग्यो डेड बर्षिय कुकुर

Kukurrr

काठमाडौं । बरुन्त्से हिमालको चुचुरोसम्म पहिलो पटक कुकुर पुगेको छ । गत महिना खुम्बु क्षेत्रबाट आरोहण दललाई पछ्याउदै डेड बर्षको कुकुर ७ हजार १२९ मिटर अग्लो चुचुरोसम्म पुगेको हो ।

सामान्यतय उच्च हिमाली क्षेत्रमा पुग्न आरोहीले अक्सिजनको सहायता लिनुपर्ने हुन्छ ।

अमेरिकन आरोही आरोही डान मेजुर पनि ७ हजार मीटरमाथि कुकुर पुग्दा चकित परे ।

आरोही गाइड जाङबु शेर्पालाई पछ्याउँदै उक्त कुकुर बिना अक्सिजन चुचुरोसम्म पुगेको थियो ।

करिब पाँच हजार मिटरसम्म उचाइका मानव बस्तीमा कुकुर बस्ने गरे पनि सात हजार मीटर उचाइसम्म कुकुर पुगेको पहिलो पटक देखेको गाइड जाङबु शेर्पाले बताउँछन् ।

बाटामै भेटिएको कुकुर आधार शिविरसम्म पछ्याउँदै आएको र पछि खानको आशा गर्दै चुचुरोसम्म पुगेका उनले जानकारी दिए ।

आरोहण दलका आधारशिविर मेनेजर काजी तामाङले टेन्टमा थुनेर राखेको तर केही समयपछि छाड्दा हिमालतर्फ दौडिएकाले थियो ।

आरोहण दलले कुकुरलाई काठमाडौंसम्म ल्याएको र ‘बरु’ नाम दिएर हेरचाहा गर्दे आएको गाइड शेर्पाले जनाए ।

उचाइ पचाउने क्षमता सबै कुकुरको क्षमता एउटै नहुने तर स्थानीय कुकुर भएकाले हिमालसम्म पुग्न सकेको कुकुर विज्ञ डा. देउती गुरुङ बताउँछिन् ।

उनका अनुसार उच्च हिमाली क्षेत्र बस्ने भएकाले मानिसले जस्तै कुकुरले पनि कम अक्सिजनमा बाँच्न सक्ने क्षमता राखेको हो ।

उचाइ पचाउन सक्ने भएकाले कुकुरलाई विभिन्न अनुसन्धान, सर्च एण्ड रेस्क्यू लगायतमा प्रयोग गर्न उपयुक्त हुने समेत यो घटनाले पुष्टी गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस