कांग्रेस सांसद अमरेशद्धारा गायक पशुपति शर्मालाई नगद २५ हजार पुरस्कार दिने घोषणा

Amressss

काठमाडौं । गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

उनले जनताको बोली गायकले बोलेको भन्दै पुरस्कारको घोषणा गरेका छन् ।

‘फागुन महिनाको तलबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछु’, सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अमरेशले भने ।

उनले दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए ।

सांसद उमाशंकर अग्ररियाले गायक पशुपति शर्माको लुट कान्छा लुट गीत उच्चारण गर्दै धनुषामा ठूलो रकम घोटाला भएको बताए ।

प्रतिकृया दिनुहोस