सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन

Ganesh vattarai

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किने क्रममा १ झ १६३३ नम्बरको स्कार्पियो जीप पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किँदा भट्टराई घाइते भएकान थिए । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार उनको मृत्यु भएको हो ।

गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो । दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

सो दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

गत शनिबारबाट उनको परिवारले पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गरेको थियो । घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जोहरी समेत दिएका छन् । हाल उनी प्रहरीकै हिरासतमा छन् ।

प्रतिकृया दिनुहोस