थप उपचारका लागि प्रदेश प्रमुख मल्ललाई काठमाडौँ लगियो

Pardes 5 parmukh

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ल अस्वस्थ भएका छन् ।

उनलाई कम्पन, ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, रक्त कोषको मात्रामा कमी र मिर्गौला केही समस्या देखिएको निसर्ग हस्पिटल धनगढीका फिजिसियन डाक्टर विजय केसीले जानकारी दिए ।

प्रदेश प्रमुख मल्लको स्वास्थ्य जाँच निसर्ग हस्पिटलका डाक्टर केसीसहित चार चिकित्सकको टोलीले गरेको थियो ।

एकहत्तर वर्षीय मल्ललाई त्यस अस्पतालले बाहिर सिफारिस गरेपछि गए राति नै थप उपचारका लागि काठमाडौँ  लगिएको छ ।

प्रतिकृया दिनुहोस