अख्तियारको फन्दामा परे मालपोतका २ कर्मचारी

Pakkrau 1

राजविराज । आइतबार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय सप्तरीका मुद्दा तथा प्रशासन फाँटका नायब सुब्बा राम नारायण शर्मा तथा कम्प्यूटर अपरेटर राजेश कुमार साहलाई ३ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराइदिने भन्दै विभिन्न बहानामा एक जना सेवाग्राहीबाट ३ हजार घुस लिँदा लिँदै पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी लगिएको छ ।

केही दिन अगाडि सेवाग्राहीलाई सहज र सुरक्षित सेवाका लागि मालपोत कार्यालय सप्तरीमा अनलाइन प्रणाली सुरु गरेका थिए ।

अनलाइन प्रणालीको नाउँमा सेवाग्राहीहरुलाई एक दिनको काम ३ दिन विभिन्न वहाना लगाई घुसमा झन बृद्धि भएको सेवाग्राहीहरुको आरोप पश्चात अख्तियारले पक्राउ गरिएको हो ।

सेवाग्राहीको लागि जग्गा रजिष्ट्रेशन, नामसारी, रोक्का, अशंबण्डा लगायतको काममा अनलाईन प्रणाली भएका कारण कर्मचारीले विभिन्न वहाना बनाई सेवाग्राहीसँग माटो घुस रकम लिने गरेको आरोप समेत लगाएका छन् ।

प्रतिकृया दिनुहोस