प्रहरीद्धारा ८ लाख मूल्य बारबरको अवैध केराउसहित ३ जना पक्राउ

Pakrau 12

बाँके । भारत निकासी गर्न लागिएको १२ हजार किलो अवैध हरियो केराउसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शंकस्पद बिलसहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उप-महानगरपालिका-२२ पुरैनाबाट ८ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारततर्फ हरियो केराउ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाका आधारमा भे १ त ६७५४ र भे १ त ५०२८ नं.को ट्याक्टरसहित चालक नरैनापुर-४ को ४० वर्षिय जाकिर खाँ, २८ वर्षिय बाबु खाँ र केराउ धनी नेपालगञ्ज-४ बस्ने बाबे खाँलाई नियन्त्रणमा लिइएको हो ।

नरैनापुरको फार्मले नेपालगञ्जबाट उक्त परिमाणको केराउ खरीद गरी स-सानो बोरामा राखेर निकासी गर्दै थियो ।

प्रतिकृया दिनुहोस