प्रहरीद्धारा हिउँमा अलपत्र परेका ७ सय पर्यटकको उद्धार

Himpaat manang

जिरी । प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो ।

शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले आजसम्म उद्धार कार्य जारी राखेको छ ।

प्रतिकृया दिनुहोस