बझाङका जीप दुर्घटना हुँदा २ को मृत्यु, ९ घाइते

Accident

बझाङ । बझाङको काप्रिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको मृत्यु भएको हो ।

घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिकृया दिनुहोस