राष्ट्रपति भेट्न सुटुक्क शीतल निवासमा पुगे शीर्ष नेता

Ratrpati bidhya

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम सुनाउन राजनीतिक पार्टीका शीर्ष नेताहरु आइतबार साँझ सुटुक्क राष्ट्रपति विद्यादेवी भण्डारीको निवास शीतल निवास पुगेका छन् । यसरी राष्ट्रपति भेट्न जानेका प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता पनि छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन् ।

नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको बताइन्छ । तर, अचानक शीर्ष नेताहरु किन राष्ट्रपतिलाई भेट्न पुगे भन्ने अन्य कारण भने खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस