टेलिकमको छतबाट खसेर भारतीय कामदारको मृत्यु

Ntc babarmahal

काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर भारतीय कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टेलिकममा करारमा कार्यरत् भारतको उत्तर प्रदेश घर भएका वसन्त राठौर छन् । आइतबार दिउँसो टेलिकमको टावर मर्मत गर्ने क्रममा उनी खसेका थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार राठौरको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ । त्यहाँ उनको पोष्टमार्टम गर्ने तयारी छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस