अख्तियारद्धारा घूससहित सब-इन्जिनियर पक्राउ

Pakkrau

महेन्द्रनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले सब-इन्जिनियर हृदयराज बजगाईंलाई नगद ६० हजार घूससहित पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका सब-इन्जिनियर ६० हजार घूससहित पक्राउ परेका हुन् ।


अख्तियारका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले कार्यालयमै उनले सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

उनका अनुसार एउटा निर्माण सम्पन्न भइसकेको कल्भर्टको बिल फरकफरक गरिदिए बापत रकम माग गरेको सूचनापश्चात आइतबार दिउँसो नगरपालिकाको कार्यालयमै अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस