सामाजिक सुरक्षा योजनामा अहिलेसम्म एकहजार ३ सय ५० रोजगारदाता दर्ता

Samajik surakshya kosh bilding

काठमाडौं । सामाजिक सुरक्षा योजनामा अहिलेसम्म एकहजार ३ सय ५० रोजगारदाता दर्ता भएका छन् । सामाजिक सुरक्षा योजना लागु भएको ३ महिनाको अवधिमा यति रोजगारदाता दर्ता भएका सामाजिक सुरक्षा कोषले जनाएको छ ।

दर्ता हुनेमा बढीजसो काठमाण्डौँ उपत्यकाका रोजगारदाता भए पनि केही बाहिरका रोजगारदाता पनि दर्ता भएको कोषका निर्देशक रमा भट्टराईले जानकारी दिए । उनले काठमाण्डौ उपत्यकासहित सातवटै प्रदेशका रोजगारदाताले २०७६ बैशाख १५ गतेभित्र दर्ता भइसक्नुपर्ने बताए ।

प्रधामन्त्री केपी शर्मा ओलीबाट सामाजिक सुरक्षा योजनाको उद्घाटन गरिएको थियो । कोषले मंसिर ६ गते नै काठमाण्डौँ उपत्यकाभित्रका रोजगारदातालाई दर्ता गर्न आह्वान गरिसकेको थियो ।

प्रतिकृया दिनुहोस