क्षेत्री खोलामा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

Mirtu

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका(१ रमितेस्थित क्षेत्री खोलामा बिहीबार साँझ भ्यान दुर्घटना भएको छ ।

अम्रिसोको कुचो लोड गरेर मोरङको जाँतेतर्फ जाँदै गरेकोे भ्यान दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार को १ च ९३२४ नम्बरको भ्यान अम्रिसोको कुचो लोड गरेर रमितेबाट जाँतेतर्फ जाँदै गर्दा उकालो चढ्ने क्रममा अनियन्त्रित भएर भ्यान दुर्घटना भएको हो ।

चालक मोरङको लेटाङ नगरपालिका-८ का ४२ वर्षीय नगेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

उनका अनुसार दुर्घटनामा लेटाङ-८ का ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ-५ का २० वर्षीय सुधिर नेपाल घाइते भएका छन् ।

गम्भीर घाइते भएका दुवैजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक चालकको शव उर्लाबारीको मंगलबारे अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

 

प्रतिकृया दिनुहोस