मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द

1649991463madhya pahadi 1

पर्वत । निर्माणधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा फेरि दैनिक साढे ६ घण्टा सवरी आवागमन रोकर काम अघि बढाइएको छ । बुधबारदेखि बिहान साढे १० देखि साढे २ र बेलुकी साढे ४ देखि ७ बजेसम्म आवागमन रोक्न सुरु गरिएको हो ।

पर्वत खण्डको नयाँ पुलदेखि अर्मादीसम्मको बिभिन्न मोड तथा साँघुरो सडक फराकिलो पार्ने काम तीव्र रूपमा अघि बढाउनुपर्ने भएकाले आवागमन रोक्ने समय तालिका सार्वजनिक गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

सडक खण्डको बेतेनीे चुवा, दोबिल्ला, डिमुवा, नयाँपुल, गिरिचोक, घुम्ती, अर्मादी लगायतका साँघुरो क्षेत्र फराकिलो पार्ने र भिरालोपहरा फुटाइ डबल लेनको बनाउन साइड कटिङ भइरहेको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले जनाएको छ ।

पोखरादेखि धौलागिरि प्रवेश गर्ने सवारी चापलाई मध्यनजर गर्दै यस क्षेत्रको ६१ किमिमा कामको धमाधम छ । अहिले सडकको दुबैतर्फ नाली, ग्याभिन जाली, ‘रिटेनिङ वाल’ सहित कालोपत्रे पनि सँगसँगै हुने निर्माण कम्पनीले जनाएको छ ।

नयाँपुल देखि पर्वतको मालढुंगासम्म पर्ने साँघुरोक्षेत्र प्राथमिकतामा राखिएको हो । ‘आगामी ३ वर्षभित्र कास्की र पर्वत खण्डको सबैभाग पूरा गर्नेगरी ठेक्का लगाइएको कुश्मा कार्यालयका प्रमुख आशिष थापा मगरले बताए ।

उता आयोजना पक्ष्ँले सडकका ठाउँठाउँमा एक–दुईवटा एक्साभेटर लगाएर लामो समय दुःख दिएको यात्रुहरूले आरोप लगाएका छन् । त्यसमा पनि निर्माणका क्षेत्रमा कार्यरत कर्मचारी र पेटी ठेकेदारहरूले चिनेजानेका व्यक्तिका गाडीलाई सडक खुला गरकोे र नचिनेकाहरूलाई बढी दुःख दिएको सर्वसाधारणको आरोप छ ।

यात्रुले सडक अवरुद्ध पारिँदा सबैभन्दा बढी सास्ती कास्की र पर्वतको सिमानामा पर्ने महभिर क्षेत्रमा परकोे छ । करिव २० मिटर पहरा फुटाउनका लागि आयोजनाले ४ किलोमिटर टाढैबाट सवारी रोक्दा पैदलै वारपार गर्न चाहने यात्रुहरू बढी मर्कामा परका छन् ।

आयोजनाले पर्वत खण्डको सडक चौडा पार्ने भीरपहरा कटान गर्न आगामी जेठसम्म लाग्ने अनुमान गरको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यात्रुलाई सहज आउजाउ गर्ने वातावरण बनाउन आयोजना पक्षलाई आग्रह गरिरहेको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस