१० बुँदे सुर्खेत घोषणापत्र जरी गर्दै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

Akorb

काठमाडौं । १० बुँदे सुर्खेत घोषणापत्र जरी गर्दै सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन गएराति सकिएको छ । सम्मेलनले ४ बुँदे प्रतिबद्धता र ६ बुँदे मागसहितको घोषणापत्र जारी गरेको छ । सम्मेलनले सञ्चार माध्यमको लोकतान्त्रिकिकरण सम्बन्धी विश्वव्यापी मान्यता विपरित स्थानीय सरकारहले आफैँ एफएम रेडियो सञ्चालन गर्ने कुराको विरोध गरेको छ ।

श्रमजीवि पत्रकारलाई दिएकोे पारिश्रमिकको बैँक स्टेटमेण्ट सूचना विभागमा बुझाउनुपर्ने बाध्यकारी व्यवस्था तत्काल सच्चाउन पनि सम्मेलनबाट माग गरिएको छ ।

लोककल्याणकारी विज्ञापन वितरणमा समान ब्यबहार गर्न, वितरण शुल्क (रोयल्टी) मा तथा नवीकरण शुल्क खारेज गरि दुर्गम एवं पछाडि परेका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विशेष सहुलियत र सहयोगको प्रबन्ध मिलाउन पनि सम्मेलनले माग गरेको सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।

सम्मेलनले रेडियोमा समुदायको सहभागिता वृद्धि गर्ने , महिला, आदीबासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित, अल्पसङ्ख्यक लगायत पछि पारिएका समुदायहरुलाई रेडियोमा अवसर दिनेमा प्रतिबद्धता जनाएको छ । बालविवाह, दाईजोप्रथा, छाउपडी, छुवाछुत, वोक्सी, सामाजिक विभेद र कुरीतिको अन्त्यका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि सम्मेलनले व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस