अपडेट: भेरी नदीमा बस खस्दा मृत्यु भएका ४ मा २ को पहिचान खुल्यो

Accident logo

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिकैबाट यात्रुबाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुम पश्चिमको राडीका लागि छुटेको बस बिहिबार साँझ दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भे १ ख १३२९ बस दुर्घटनामा परि मृत्यु भएका दुई जनाको मात्रै नाम खुलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ का करिव ५५ वर्षीय मिनबहादुर बोहरा र बाँकेको खजुरा गाउँपालिका–२ का २५ वर्षीय हरिबहादुर रावतको सनाखत भएको छ ।

बाँकी दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस