स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने सरकारको तयारी

Giriraj mani pokrel

काठमाडौं । सरकारले स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा रहने गरी स्रोत व्यक्तिको रुपमा काजमा ल्याइएका सबै माध्यमिक तहका शिक्षकहरुलाई काज फिर्ता गरी पुनः शिक्षकमा नै समायोजन गर्ने तयारी गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यसबारे राष्ट्रियसभाको आजको बैठकमा जानकारी गराए । मन्त्री पोखरेलले मुलुकभरका १ हजार ५३ जना मध्येबाट ७५ जना शुद्ध स्रोत व्यक्ति बाहेकलाई काज फिर्ता गरी माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरिएको जानकारी गराए ।

बैठकले ’राष्ट्रियसभा नियमावली, २०७५’ संशोधन मस्यौदा समितिको समय थप गरेको छ । नियमावलि संशोधनका लागि पुस १३ गते संशोधन मस्यौदा समिति गठन गरेको थियो ।
समितिले पुस २९ गतेबाट काम सुरु गरेको थियो । बैठकले आजका मितिबाट लागू हुने गरी १५ दिन थप गर्ने प्रस्तावलाई सर्वसम्मति पारित गरेको हो ।

प्रतिकृया दिनुहोस