भारतीय विज्ञले दिए एचआरडीका कर्मचारीलाई तालिम

Talim vaktapur

काठमाडौं । भारतीय विज्ञ डा. श्रीकान्त त्यागीले मानव शंशाधन विकास (एचआरडीं) का लागि इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालि नेपालका कर्मचारीहरुलाई तालिम दिएका छन् ।

डा. त्यागीले कम्पनीका कर्मचारीहरुलाई कुनै पनि काम सफल बनाउन चाहिने सुत्रहरु सिकाएका थिए । जोकोहीसँंग भेटघाटमा जाँंदाका सुरुका केही सेकेण्ड समय महत्वपूर्ण हुने चर्चा गर्दै उनले त्यसका लागि पाँंच ज्ञानेन्द्रहरुको बारेमा विशेष ध्यान दिनुपर्ने बताए ।

ड्रेसअपलाई विशेष ध्यान दिई मुस्कानका साथ अभिवादन गर्न सिके पनि फलताको पहिलो कडी हुने उनको भनाई छ । उनले व्यक्तित्वको प्रभाबको चर्चा गर्दै सुरुका १०/२० सेकेण्ड समयलाई विशेष रुपमा उपयोग गर्नुपर्ने खाँंचो औल्याए ।

कार्यक्रममा आयोजक इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका अध्यक्ष विश्वराम कवाँंले बोली, पोशाक, समय अनि कन्फिडेन्सलाई विशेष ध्यानदिनुपर्ने आवश्यकता औंल्याए । ठिक समयमा ठिक काम गर्ने मानिस सफल हुने चर्चा गर्दै उनले ठिक समयमा गई भेटघाटलाई व्यवस्थित पानुपर्ने महत्वबारे विशेष चर्चा गरे ।

प्रतिकृया दिनुहोस