देशवासीका नाममा सम्बोधन, एक वर्षे कार्यकालमा समृद्धिको लहर आयो (पूर्णपाठसहित)

Kp oli sambodhan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्ष पूरा भएको अवसरमा राष्ट्रबासीलाई सम्बोधन गरेका छन् । उनले गत वर्ष फागुन ३ गते आफू प्रधानमन्त्री भएयता सरकारले गरेका कामको विवरण प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा सरकार गम्भीरताका साथ लागेको दावी गरेका छन् । आफ्नो सरकार बन्नुअघिका सरकारले संविधानअनुसार कानुन बनाउने कामलाई हलुका ढंगले लिएकोले त्यसको अपजससमेत आफूले लिएर काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

सरकारको एकवर्षे कार्यकालको उपलब्धि सुनाउने क्रममा उनले एकवर्षे कार्यकाल आधार र व्यवस्थापनको वर्ष भएको उल्लेख गरे । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले तीन तहका सरकारलाई आवश्यक मात्रामा बजेट विनियोजन गरेको बताए ।

विदेशी लगानीको मात्रा घटेको भन्दै सरकारको आलोचना बढिरहेका बेला ओलीले उल्लेख्य मात्रामा विदेशी लगानी भित्रिने वातावरण बनेको बताए । विदेशी मुद्राको सञ्चिती सन्तोषजनक रहेको उनको भनाइ छ ।

राजनीतिक अधिकारका मुद्दाहरु आधारभूत रुपमा हल भएकोले मुलुकमा अहिले समृद्धिको तिर्खा छ । त्यसैले मैले यस सरकारको प्रतिवद्धता ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने गरेको हुँ भनेर प्रधानामन्त्रीले स्पष्ट पारे ।

उनले अहिले, पहिले कहिल्यै भन्दा लगानी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना भएको दावी गर्दै श्रम कानूनमा परिमार्जन सहित लगानीमैत्री वातावरण निर्माणका लागि आवस्यक पर्ने विभिन्न १३ ऐन, नियम, निर्देशिका निर्माण÷परिमार्जनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

मन्तव्यका सिलसिलामा प्रधानमन्त्रीले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी विनिमय ९नियमित गर्ने० ऐन लगायतका कानूनहरूलाई लगानी अनुकुल हुने गरी परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र द्विपक्षीय लगानी संरक्षण सम्बन्धी नमूना संझौता तयार भएको पनि बताए ।

ऊर्जा उत्पादन र प्रशारणका ठूला परियोजनाहरू निर्माण, औद्योगिक क्षेत्रको विस्तार, विशेष आर्थिक क्षेत्र स्थापना गरी लगानी अनुकुल वातावरण निर्माण गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै ओलीले भने उद्योग दर्ता देखि वहिर्गमन सम्मका सेवा सुविधाहरु एकै स्थानबाट उपलब्ध गराउने एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने तयारी पूरा भएको छ ।

सरकारको एक वर्षको समीक्षा ः संघीयता, सुशासन र समृतद्धिको आधार वर्ष’ शीर्षकमा सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानमा लेखिएका कुरा भन्ने कुरा त हो’ भन्ने गीतजस्तो नभएको टिप्पणी गरे ।

‘संविधानमा लेखिएका कुरा र त्यसको कार्यान्वयनको समयसीमा वर्तमान सरकारअघिका सरकारलाई पनि थाहा थियो तर म सरकारमा आउँदा ती कामले सरकार पर्खिरहेका थिएँ’ प्रधानमन्त्रीले भने, ‘संविधानमा लेखिएका कुरा ‘यो त भन्ने कुरा न हो’ भन्ने गीत जस्तो होइन ।’

वर्तमान सरकार बनेपछि १६ कानुन निर्माण भइ कार्यान्वयनमा रहेको प्रधानमन्त्रीले सुनाए । मौलिक हक सम्बन्धी २५ कानुन संघीय संसदबाट पारित भएको उनले बताए । २३ विधेयकसंसदमा प्रस्तुत भएका र २४ विधेयक प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेको उनले सुनाए ।

३३९ कानुनमध्ये संविधानमा मेल नखानेलाई संविधान अनुकूल बनाउन लागिएको बताउँदै उनले संघ, प्रदेश र स्थानीय तहहरूमा अत्यन्त जटिल रहेको कर्मचारी समायोजनको काम पनि पूरा हुनै लागेको उनले बताए ।

राजनीतिक अधिकारका मुद्दाहरु आधारभूत रुपमा हल भएकोले मुलुकमा अहिले समृद्धिको तिर्खा छ । त्यसैले मैले यस सरकारको प्रतिवद्धता ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने गरेको हुँ भनेर प्रधानामन्त्रीले स्पष्ट पारे ।

मन्तव्यका सिलसिलामा प्रधानमन्त्रीले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी विनिमय (नियमित गर्ने) ऐन लगायतका कानूनहरूलाई लगानी अनुकुल हुने गरी परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र द्विपक्षीय लगानी संरक्षण सम्बन्धी नमूना संझौता तयार भएको पनि बताए ।

ऊर्जा उत्पादन र प्रशारणका ठूला परियोजनाहरू निर्माण, औद्योगिक क्षेत्रको विस्तार, विशेष आर्थिक क्षेत्र स्थापना गरी लगानी अनुकुल वातावरण निर्माण गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै ओलीले भने उद्योग दर्ता देखि वहिर्गमन सम्मका सेवा सुविधाहरु एकै स्थानबाट उपलब्ध गराउने एकल विन्दु सेवा केन्द्र स्थापना तथा सञ्चालन गर्ने तयारी पूरा भएको छ ।

 प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ हेर्नुहोस्
 

 

प्रतिकृया दिनुहोस