ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

Mirtu 1

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित धरादीमा ट्याक्टर दुर्घटना हुँदा चालक बाबुराम परियारको मृत्यु भएको छ ।

दुर्घटनामा गुल्मी, सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ३ त ६७१२ नम्बरको ट्क्याकटर सिद्धार्थ राजमार्गबाट करिब ९ सय मीटर तल धरादी खोलामा खसेको थियो ।

दुर्घटनापछि ट्याक्टरमा पूर्ण रुपमा क्षति पुगेको छ । दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस