सडक पार गर्ने क्रममा कान्तिपुर टिभीको गाडी र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

Aacident 212111111

काठमाडौं । राजधानीको तीनकुनेमा कान्तिपुर टिभीको गाडी र मोटरसाइकल एक-आपसमा  ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

गैह्रीगाउँ, तीनकुनेबाट बानेश्वरतर्फ जाने सडक पार गर्न लागेको बा १६ च ४३०२ नम्बरको कान्तिपुर टिभीको गाडी र कोटेश्वरबाट गैह्रीगाउँ सडकतर्फ जाँदै गरेको बा ७८ प ४९९४ नम्बरको मोटरसाइकल मूल सडकको बीचमा ठोक्किएका थिए ।

घाइते भएका मोटरसाइकलमा सवार दुईजनालाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल (केएमसी) लगिएको प्रहरी जवान नेत्र भट्टराईले जानकारी दिए ।

गाडी र मोटरसाइकल महानगरी ट्राफिक कार्यालय कोटेश्वर लगिएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस