स्थानीय युवाद्वारा खानेपानी जागरण अभियान

Water

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा स्थानीय युवाद्वारा खानेपानी व्यवस्थापन गर्न जागरण अभियान थालिएको छ ।
स्थानीय युवाले यस नपाको सबै वडामा खानेपानी पु¥याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजना सफल बनाउन जागरण अभियान थालेका हुन् । जागरण अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको ¥याली गर्दै आइरहेका छन् ।
‘वडाका कतिपय स्थानमा भेला गरेर तथा घरघरमा गएर खानेपानी जागरण अभियान गरिरहेका छौँ’ पाँचखाल नपा–४ तामाघाटका युवा कञ्चन अधिकारीले बताए । उनका अनुसार परियोजनाका लागि उपभोक्ताले पनि रकम जम्मा गर्नुपर्ने भएकाले जानकारीका लागि पनि अभियान चलाइएको हो ।परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न गरिनेछ ।
यस परियोजनामा लाग्ने लागत रु दुई अर्ब २१ करोडमध्ये पाँच प्रतिशत रकम उपभोक्ता समितिले ब्यहोर्नुपर्ने रहेको छ । यसमध्ये यहाँका छ हजार घरपरिवारले रु १८ हजारका दरले रकम परियोजनाको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस