निर्मला हत्या प्रकरण: आफुहरुमाथि अन्याय भएको बम दिदिबहिनीको गुनासो

Rosani bam

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाले सिंगो देशकै ध्यान तानेको छ । साउन १० मा भएको सो घटनालेयतिका समय हुँदा पनि निकास पाउन सकेको छैन । अर्थात् घटनामा संलग्नलाई कारवाही हुनसकिरहेको छैन ।

सोही घटनामा जोडिएका थिए निर्मला पन्तकै छिमेकी बबिता र रोशनी बम । जसको घरबाट निर्मला निस्किएपछि उनको बलात्कारपछि हत्या भएको थियो । बम दिदि बहिनीको घरबा निर्मला निस्किएपछि बलात्कारपछि हत्या भएकै आधारमा निर्मला पन्तको घटनामा बम दिदि बहिनीको संलग्नता रहेको बारम्बार चर्चा चल्छ ।

कतिपयले बम दिदि बहिनीलाई कोर्रा हान्ने हो भने निर्मला पन्तको हत्या कसले गरेको हो भन्ने कुरा तत्काल पत्ता लाग्छ भन्ने तर्क पनि गरिरहेका छन् । तर बम दिदि बहिनीले पटकपटक सो घटनामा जोडिएकोमा आफूहरुमाथि अन्याय भएको बताएका छन् ।

आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएकोमा दुखेसो गरेका छन् ।

रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयौं पटक बयान लिएको बताइन् ।

‘निर्मलाको घटनाले आफुहरुलाई धेरै दुखी बनाएको छ’ रोशनीले भनिन्, ‘तर, जुन घटनामा हाम्रो कुनै संलग्नता छैन, त्यही कुरमा पटकपटक टर्चर दिने काम भइरहेको छ । किन यसतो भइरहेको छ ? हामीलाई नै थाहा छैन ।

प्रतिकृया दिनुहोस