नीतिगत काम हुँदै भूमि व्यवस्थापनमा

Bhawan rolpa

खस्यौली । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले आज स्थानीय पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको बताए । मन्त्री अर्यालले भूमि व्यवस्थापनका विषयमा नीतिगत काम गरिरहेको जानकारी दिए ।
मालपोत ऐन, गुठी ऐनलगायतका ऐन संशोधनको तयारी भएको उल्लेख गर्दै भूमिसम्बन्धी संरचनागत काम भइरहेको र एक वर्ष्भित्रै परिणाम आउने मन्त्री अर्यालले बताए ।
वर्तमान सरकारको कार्यकालमा सुकुम्वासी समस्या समाधान हुने उनले बताए । मन्त्री अर्यालले भूउपयोग नीति लागू भएको तीन वर्षमा जमीन बाँझो राख्न नपाइनेमा जोड दिँदै जमीन बाँझो राख्ने दण्ड, सजायको भागीदार हुनुपर्ने बताए ।
उनले जमीनको कित्ताकाट सैद्धान्तिक रुपमा रोकिएपनि व्याहारिक रुपमा कित्ताकाट नरोकिएको उल्लेख गर्दै स्थानीय तह जिम्मेवार भएर कित्ताकाट हुने बताए । मन्त्री अर्यालले विगतमा भएका कित्ताकाटभन्दा भिन्न ढङ्गले जमीनको कित्ताकाट गरिने उल्लेख गर्दै कित्ताकाटका लागि अहिले प्राविधिक संयन्त्र निर्माण गरिने र त्यो अस्थायी हुने बताए ।

प्रतिकृया दिनुहोस