अछाममा एक बालक १३ दिनदेखि बेपत्ता

Balak

अछाम । अछाम मङ्गलसैन नगरपालिका–३ बिसाकोट चिमेसालका १५ वर्षीय रमेश सार्की १३ दिनदेखि बेपत्ता छन् । गत पुस २२ गतेदेखि स्थानीय पदम सार्कीका छोरा रमेश बेपत्ता रहेको परिवारले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएका बालक एक्कासि घरबाट बेपत्ता भएकाले सबैतिर खोजी गर्दा पनी फेला नपरेको उनका दाजु शेरबहादुर सार्कीले जानकारी दिए । चिसोको समयमा एउटा टिसर्ट मात्रै लगाएका रमेशको खोजीका लागि जिल्ला प्रहरीलाई समेत जानकारी गराइसकिएको उनको भनाइ रहेको थियो ।

प्रतिकृया दिनुहोस