अछाममा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

Motor

अछाम । मोटरसाइकलको ठक्करबाट अछामको कमलबजार नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से ४ प ९१३८ नं को मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।
मोटरसाइकलले शुक्रबार बेलुका पौने ४ बजे ठक्करदिएको थियो । घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस