उज्यालोमय भयो शहीदगाउँ

Images

रोल्पा । रोल्पाको जेल्वाङ गाँउ उज्यालोमुक्त गाउँ घोषणा भएको छ । शहीद गाउँको नामले चिनिने उक्त गाँउ अहिले उज्यालोमय बनेको छ ।
सुनछहरी गाउँपालिका–७ मा पर्ने सो गाउँमा रहेका सबै घरधुरीमा लघुजलविद्युत्को सेवा विस्तार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँ आयोजित कार्यक्रममा सो गाउँलाई अँध्यारोमुक्त घोषणा गरेका हुन् ।
माओवादी सशस्त्र युद्धताका विद्रोही र राज्य पक्षबाट सबभन्दा बढी नागरिकको मृत्यु भएको गाउँको रुपमा जेल्वाङलाई लिने गरिन्छ । सो अवधिमा गाउँका ७३ ले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस