साझा पहलले दियो मुसहर बालबालिकालाई न्यानो कपडा

Nyano kapasa bitaran

काठमाडौं । रौतहट जिल्लाको चन्द्रनिगाहापुर –४ मा रहेको मुसहर वस्तीका २ सय जना बालबालिकाहरुलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ ।

रौतहटको चन्द्रनिगाहापुर ४ स्थिति सन्तपुर बैतौनाको दलित जन जागरण निम्न माध्यमिक विद्यालयमा अध्यययनरत दुई सय विद्यार्थीलाई विहिबार न्यानो कपडा वितरण गरेको हो ।

साझा पहल नेपालकै पहलमा यो वर्ष मात्रै जाडोको समयमा करिब ४ सय जना विभिन्न विद्यालयका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको साझा पहल अध्यक्ष गीता केसी दर्नालले बताइन् ।

यसअघि काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका सुर्योदय प्रावि, इश्वरीदेवी निमावि, कालिकादेवी प्रावि, बालज्योति प्रावि र ढाँडाखर्क प्राविका १ सय ८५ जना दलित बालबालिकालाई जाडोको कपडा वितरण गरिसकेको छ ।

साझा पहल नेपालले ३ वर्षदेखि दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ । ललितपुरमा ४ र चितवनमा ३ जना दलित बालबालिकाहरुलाई संस्थाले अध्ययन गराइरहेको र आगामी दिनमा पनि दलित बालबालिकाहरुको शैक्षिक क्षेत्रमा काम गर्ने दर्नालले बताइन् ।

प्रतिकृया दिनुहोस