साथीले चलाएको बन्दुक पड्किदा एकजनाको मृत्यु

Goli

ताप्लेजुङ । सिकार खेल्दै गर्दा साथीले बोकेको बन्दुक अचानक पड्किएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकजनाले ज्यान गुमाउनु परेको छ ।

घटना फक्ताङ्लुङ गाउँपालिकाको इखाबुमा भएको ताप्लेजुङका डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए । यसबारे विस्तृत जानकारी आइनसकेको उनले बताए ।

बन्दुक बोकेको व्यक्ति र ज्यान गुमाएका उनको साथीको नाम अझै खुल्न नसकेको डीएसपी थापाको भनाइ छ ।

प्रतिकृया दिनुहोस