सालकको खपटासहित पक्राउ

Pakrau

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्रमा अवैधरुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा बिक्री वितरण हुने गरेको सूचनाका आधारमा थानकोटका ३१ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दुई थान सालकको खपटा झोलामा बोकेर हिँडिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको बताए । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको छ ।

 

प्रतिकृया दिनुहोस