पाँच वर्षअघि हराएका तीन बालकको उद्धार

Balak

बाँके । बेपत्ता भएका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भइ बालकहरु भारत पुगेका थिए ।
बेपत्ता भएका बसिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
उनीहरु विसं २०७० माघमा गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए । गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले निवेदन परे लगत्तै बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उनले बताए ।
पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका छन् । उद्धारपश्चात् बालकले आफूहरु भारतमा हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस