जनप्रतिनिधिकै घरमा छाउगोठः भन्छन्, महिनावारी भएका महिला घरभित्र छिरे देउता रिसाउँछन्

Chhau goth

सुर्खेत । चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ ।

सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ’ बयकले भने, ‘आफू मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ ।’

पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ ।

 

प्रतिकृया दिनुहोस