झापामा ६ महिनाको अवधिमा ३८ वटा आगलागी, ४ जनाको मृत्यु

Aaglagi 735x400

झापा । झापामा आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनाको अवधिमा ३८ वटा आगलागीको घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीमा परी ४ जनाको मृत्यू भएको छ भने करडौँको धनमाल जलेर नष्ट भएको छ । गत मंसीर ९ गते शिवसताक्षी नगरपालिका–७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यू भएको थियो ।

प्रहरीका अनुसार आगलागीका कारण तीन करोड ८६ लाख ७५ हजार पाँच सय रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आगलागीका कारण एक पक्कीसहित दुई घर जलेर नष्ट भएका छन् ।

उनका अनुसार आगलागीमा परी पशु चौपाय समेत जलेर मरेका छन् । अघिकांश आगलागीका घटना विद्युत् सर्ट, ग्यास सिलिण्डर लिक भएर र गोठमा खोले पकाउँदा पकाउँदै आगो फैंलिएर हुने गरेको प्रहरी उपरीक्षक ढकालले बताए । आगलागीमा परी जिल्लामा दुई जना घाइते समेत भएका छन् ।

प्रतिकृया दिनुहोस