प्रदेश सरकारका राज्य मन्त्री रावलको हातमा कुचो

Rajyamantri kanchanpur

महेन्द्रनगर । महेन्द्रनगर बजारको भानुचोक क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ ।

सुदूरपश्चिम सरकारका राज्य मन्त्री रावल सहितले मुखमा मास्क, हातमा एप्रोन लगाएर कुचोले सरसफाई गरे । रावलले संकलन गरेको फोहोर टुक्रा पोलिथिनमा हालेर गाडीसम्म लगे ।

‘यो कार्यक्रम राम्रो छ, यो उपलब्धिपूर्ण छ, यसलाई निरन्तरता दिनु पनर्छ’ उनले भने,‘त्यसका लागि म मेरो क्षेत्रबाट हुने सक्दो सहयोग गर्छु ।’ प्रदेश सरकारका राज्यमन्त्री रावलले सरसफाई कार्यक्रम भीमदत्त नगरपालिकाको उपलिब्ध मुलक कार्यक्रम भएको भन्दै प्रशंसा गरे ।

नगर प्रहरी साझेदारीअन्तर्गत भीमदत्त नगरस्तरीय पालिका समितिको अगुवाईमा शनिबार भानुचोकदेखि भानु पार्टी प्यालेशसम्म सरसफाई गरिएको छ । प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएर नगर स्तरीय समिति गठन गरिएपछि भीमदत्त नगरपालिकामा हरेक शनिबार नियमित रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायत लगायत जनप्रतिनिधि, पालिका समितिका सदस्य, सुरक्षाकर्मी, नगर वासिन्दा सहभागी भएका छन् ।

स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले क्लिन सिटी, ग्रिन सिटी बनाउने कार्यक्रम घोषणा गर्दै साप्ताहिक घुम्ती सरसफाई कार्यक्रम सञ्चालन गरेका थिए । समुदाय प्रहरी साझेदारी स्तरीय समिति गठनपछि त्यहीं कार्यक्रमलाई बृहत जनचेतना मुलक सरसफाई कार्यक्रमका रुपमा सञ्चालन गरिएको हो ।

भीमदत्तका नगर प्रमुख विष्टले सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने बताए । ‘भीमदत्तलाई क्लिन सिटी, ग्रिन सिटी बनाउने लक्ष्यका साथ अघि बढेका छौ, त्यसका लागि यो अभियानलाई निरन्तरता दिन्छौ ।’

सरसफाई कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र, हेल्प नेपाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, विद्यार्थी, नगर वासिन्दा, बुद्धिजीवि सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस