पितृतृप्तिका लागि श्राद्ध गर्ने दिन, आज पौष कृष्ण आमावास्या

Sohra shraddha

काठमाडौं । पौष कृष्ण आमावास्याका दिन शनिबार पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् ।

वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा शनिबार कुनै नदी उत्तरबाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

विशेषगरी राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी, रिडीलगायत नदी किनारमा यही कामनाले पितृप्रति श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्छ ।

यसै अवसरमा गोकर्णेश्वर उत्तरगयामा गङ्गा आरती सुरु भएको वर्ष दिन पुगेको अवसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । गत वर्ष पौष कृष्ण आमावास्याका दिनदेखि आरती सुरु गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस