विप्लव नेतृत्वको नेकपाका तीनजना नेता पक्राउ

Pakrau

काठमाडौं । उद्योगी व्यापारीलाई धम्क्याएर चन्दा उठाएको आरोपमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका तीनजना नेता काठमाडौँबाट पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले उनीहरूलाई राजधानीबाट पक्राउ गरेको हो ।

राजधानीसहित विभिन्न जिल्लाका उद्योगी व्यापारीलाई धम्क्याएर चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

पक्राउ पर्नेमा ललतिपुरको भैंसेपाटी बस्ने ३१ वर्षीय लोकेन्द्रराज थापा, ३७ वर्षीय केशवबहादुर बुढा र ३१ वर्षीयय विकास थापा रहेको प्रहरीले जनाएको छ । तीनैजना विप्लव नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका हाइड्रो तथा खानी विभागका अध्यक्ष, उपाध्यक्ष र महासचिव रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस