१० दिन अगाडि शुरु भएको डढेलोमा मृतकको संख्या ७७ पुग्यो

California dadelo 520x300

काठमाडौं । क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।

उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।

यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १ हजार २०० भन्दाबढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र भएको काउन्टी प्रहरी अधिकारीद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका छन् भने विस्थापित हजारौं मानिस अस्थायी शिविरमा रहेका छन् ।

प्रतिकृया दिनुहोस