नेपालमै पहिलो पटक मनाइयो पुरुष दिवस

Nejfodijf 550x300

काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाईको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ ।

आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

साथै, बालक तथा किशोरमाथि भइरहेको यौन दुरव्यवहारका समस्या समाजमा लुकिरहेकाले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएको कार्यक्रम संयोजक संजोग ठकुरीले बताए ।

महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौन दुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको बताए ।

यूएन मेन लिड्स नेटवर्कका सदस्यसमेत रहेका पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालको कानूनले महिलालाई जबरजस्तीकरणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको भएपनि पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुरव्यवहार र हिंसाका घटना बाहिर नआएको बताए ।

प्रतिकृया दिनुहोस