करणी गरी फरार रहेका मोक्तान पक्राउ

P 1

काठमाडौं । ५ वर्षिय बालिकालाई जवरजस्ती गरि फरार रहेका नवलपुर कावासोती-३ का ५३ वर्षिय मोक्तान कोइराला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

गत कार्तिक २७ गते कावासोती-३ बस्ने ५ वर्षिय बालिकालाई जवरजस्ती गरि फरार रहेका उनलाई नवलपुरको गैडाकोटबाट प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनले मादक पदार्थ सेवन गरी बालिकालाई जवरजस्ती गरेको बताइएको छ । अभियुक्तका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस