हतियारसहित दुई युवा पक्राउ

Pagal haru

काठमाडौं। दुई युवा राजधानी हतियारसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-३ का २७ वर्षीय भुवन परियार र २७ वर्षीय मनपरन चौधरी रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित जडिबुटी ढुङ्गेधाराबाट आइतबार साँझ पक्राउ गरेको हो ।

उनीहरुबाट घरेलु रिभल्वर १ थान, नाईट्राभेट ५६ एम्पुल र २ थान मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु चढेको ज ११ प ४८६६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा हतियार फेला परेको हो ।

प्रतिकृया दिनुहोस