गोरखा र धादिङका स्थानीयहरुबीच झगडा

Gorkha

धादिङ, । धादिङको ज्वालामुखी गाउँपालिकामा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ ।

गएराति एकादशीको मेलामा भेला भएका धादिङ र गोरखाका स्थानीयहरुबीच झगडामा हुदाँ प्रहरीसमेत घाईते भएका छन् ।

ढुंगा र भाटा हानाहान भएपछि झगडा छुट्याउन गएका धादिङका असई विनयकुमार पाण्डे घाईते भएका भएका छन् । धादिङका असई विनयकुमार पाण्डे घाईते भएको धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको उनको काठमाडौंमा उपचार भइरहेको छ ।

धादिङ र गोरखाको गरी १० जनाको प्रहरी टिमलाई मेला परिसरमा सुरक्षाका लागि खटाइएको धादिङ प्रहरीले जानकारी दिएको छ । झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकल तोडफोड भएको छ ।

 

प्रतिकृया दिनुहोस